धनगढी।
नेक्सस क्रीकेट एकेडेमीको आयोजनामा आजदेखी काठमाडौको तल्लो मुलपानी क्रीकेट मैदानमा सुरु भएको नेक्सस कप यु-१६ राष्ट्रिय क्रीकेट प्रतियोगिताको पहिलो दिनको पहिलो खेलमा काठमाडौ क्रीकेट ट्रेनिङ सेन्टरले नेक्सस क्रीकेट एकेडेमीको बी टिमलाई १८९ रनको फराकिलो अन्तरले तथा दोश्रो खेलमा बालुवाटार क्रीकेट एकेडेमीले एन्जल्स स्पोर्टस एकेडेमीलाई १८ रनले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गर्न सफल भएका छन्।
प्रतियोगिताको पहिलो दिनको पहिलो खेलमा नेक्सस क्रीकेट एकेडेमीको बी टिमले टस जित्दै पहिला फिल्डिङ गर्ने निर्णय लिदै काठमाडौ क्रीकेट ट्रेनिङ सेन्टरलाई ब्याटिङको निम्तो दिएको हो।फलस्वरूप, काठमाडौ क्रीकेट ट्रेनिङ सेन्टरले निधारित २० ओभरमा १ विकेटको क्षति २६६ रनको विशाल स्कोर खडा गर्न सफल भयो।ब्याटिङतर्फ काठमाडौ क्रीकेट ट्रेनिङ सेन्टरका लागि दिपक डुम्रेले ७४ बलमा अविजित १८२ रनको शतकिय पारी खेल्न सफल हुँदा समीर ओलिले ४३ बलमा महत्त्वपूर्ण ५३ रनको अर्धशतकिय पारी खेल्न सफल भए।बलिङतर्फ नेक्सस क्रीकेट एकेडेमीको बी टिमका लागि सुमन बिष्टले ४ ओभरमा ५३ रन खर्चंदै सर्वाधिक १ विकेट लिन सफल भए।
२६७ रनको विशाल विजयी लक्ष्य पछ्याउँदै मैदान उत्रेको नेक्सस क्रीकेट एकेडेमीको बी टिमले निर्धारित २० ओभरको खेलमा १६.२ ओभर खेल्दै सम्पुर्ण विकेटको क्षति मात्र ७७ रन जोड्न सक्दा खेल १८९ रनको फराकिलो अन्तरले गुमाउनपुग्यो।ब्याटिङतर्फ नेक्सस क्रीकेट एकेडेमी बी टिमका लागि विवेक न्यौपानेले ४१ बलमा अविजित २१ रन बनाउदा दिव्य बन्शलले १७ बलमा १८ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो रन अंक छुन सकेनन्।बलिङतर्फ काठमाडौ क्रीकेट ट्रेनिङ सेन्टरका लागि दिपक डुम्रेले ४ ओभरमा १ मेडेनसहित मात्र ६ रन खर्चंदै सर्वाधिक ४ विकेट लिन सफल हुँदा सविन थापाले ३ ओभरमा १७ रन खर्चंदै महत्त्वपूर्ण २ विकेट लिन सफल भए।
प्रतियोगिताको पहिलो दिनको पहिलो खेल काठमाडौ क्रीकेट ट्रेनिङ सेन्टरले १८९ रनको फराकिलो अन्तरले जित्न सफल भएको छ।उक्त खेलका म्यान अफ दी म्याच काठमाडौ क्रीकेट ट्रेनिङ सेन्टरका दिपक डुम्रे घोषित हुन सफल भएका छन्।