काठमाडौं : अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा राजधानीमा जारी थ्री नेशन्स कप फुटबल प्रतियोगिताको उपाधि नेपालले जितेको छ ।
सोमबार दशरथ रंगशालामा सम्पन्न फाइनल खेलमा नेपालले बंगलादेशमाथि २-१ गोलको जित निकालेको हो ।
नेपालको जितमा सन्जोक राई र बिशाल राईले समान १/१ गोल गरे । पहिलो हाफमै २-० गोलको अग्रता बनाएको नेपालले दोस्रो हाफमा भने थप गोल गर्न सकेन । तर खेलको ८२औ गोल खान पुगेको थियो । बंगलादेशका महबुबुर रहमानले गोल गरि पाहुना टोलीलाई खेलमा फर्काउने प्रयास गरेका थिए ।
त्यस अघि खेलको १८औ मिनेट मिडफिल्डर सन्जोक राईले निकै सुन्दर गोल गरेका थिए । उनले सुनिल बलको क्रश पासमा सन्जोकले राष्ट्रिय टोलीका लागि डेब्यु गोल गरेका हुन ।
त्यस्तै खेलको ४२औ मिनेटमा मिडफिल्डर बिशाल राईले गोल गरि नेपाललाई पहिलो हाफमै २-० गोलको आरामदायी अग्रता दिलाएका थिए ।
उक्त जितसँगै नेपालले ५ हजार अमेरिक डलर हात पारेको छ । यता खेलको म्यान अफ दि म्याच भने सन्जोक राई भएका छन । त्यस्तै नेपालले ३७ बर्ष पछि घरेलु मैदानमा पहिलो अन्तर्राष्ट्रिय उपाधि समेत उचालेको छ ।