चैत १७, २०७७ मंगलबार

एजेन्सी : इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीका कीर्तिमानी गोलकर्ता सर्जियो एगुएरोले यसै सिजनको अन्तिमदेखि क्लब छाड्ने सार्वजनिक गरेको छ ।

३२ वर्षीय स्ट्राइकरको सम्झौता यसै सिजनको अन्त्यदेखि सकिनेछ र नवीकरण नहुने क्लबले जानकारी दिएको हो । एट्लेटिको मड्रिडबाट सन् २०११ मा सिटी आएका एगुएरोले क्लबका लागि ३ सय ८४ खेलमा कीर्तिमानी २ सय ५७ गोल गरेका छन् ।

‘टिम मालिकको मार्गदर्शन र थुप्रै खेलाडीहरुको योगदानकाम साथ हामी विश्वकै उत्कृष्ट क्लबमा समय विताउन पायौं,’ एग्युरोले भनेका छन् ।

उनको सम्मानमा पूर्व कप्तान भिन्सेन्ट कोम्प्यानी र प्लेमेकर डेभिड सिल्भाको जस्तै इथिहाड रंगशाला परिषरमा एउटा प्रतिमा स्थापना गरिनेछ । कोम्प्यानीले सन् २०१९ र सिल्भाले २०२० मा सिटी छाडेका थिए ।