काठमाडौँ । चिनियाँ सीमा नजिकैको नेपाली गाउँ दार्चुला जिल्लाको व्यास गाउँपालिका-१ को तिंकरमा सोमबार नेपाल टेलिकमको एनटीसेट प्रविधिमार्फत् दुई वटा फोन जडान भएको छ । पहिलो पटक फोन पुगेपछि तिंकरबासीमा खुसीयाली छाएको छ।
फोन जडान भएसँगै स्थानीयले बाहिर रहेका आफन्तसँग कुराकानी गरेका छन्।
व्यास- १ का वडा सचिवसमेत रहेका स्थानीय विनोदसिंह बुढाथोकीका अनुसार तिंकर गाउँ नेपाल र चीन सीमाको पहिलो नम्बर पिलरदेखि चार-पाँच किलोमिटरको दूरीमा छ। तिंकरमा ७० घर परिवारको बसोबास छ ।
हिउँदमा बस्ती सर्दा फोनलाई घरमै ताला लगाएर सुरक्षित राखिने उनले बताए।