काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आज बिहान १० बजे कतार एयरवेजको उडान नम्बर क्युआर ६५२ बाट आएका एक जना नेपाली नागरिकलाई सुनसहिन पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा धनुषा घर हुने जितेन्द्रकुमार यादव छन्।
उनीबाट ४६६.५ ग्रामका चार बिस्कुट र ५० ग्रामको सिक्री एउटा गरी जम्मा ५१६.५ ग्राम सुन बरामद गरिएको हो ।
उनले लगाएर ल्याएको भित्री वस्त्र कट्टुमा फल्स पकेट बनाएर सुन लुकाएर ल्याएकाे फेला परेको हो ।
भन्सार कार्यालयको यात्रु चेक गर्ने क्षेत्रमा शंकास्पद रूपमा हिँडेको पाएपछि उनीमाथि चेक गरिएको थियो।
उनलाई भन्सार कार्यालयले नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाएको छ ।