चैत १७, २०७७ मंगलबार

साताको तेस्रो दिन मंगलबार सुनको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले घटेर ८६ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

सोमबार छापावाला सुनको मूल्य तोलाको ८६ हजार पाँच सय रुपैयाँ थियो।

तेजाबी सुनको मूल्य तोलामा पनि पाँच सय रुपैयाँले घटेर ८५ हजार पाँच सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

सोमबार तेजाबी सुनको मूल्य ८६ हजार ५० रुपैयाँ थियो।

यस्तै चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर १२ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ।