जेठ २६, २०७९ बिहिबार

प्रहरीले बुधबार साँझ सवा ६ बजेको समयमा वीरगन्ज महानगरपालिका–२१ परवानीपुर चोक सडकखण्डमा ना २ ख ९३५७ नम्बरको मालवाहक ट्रकबाट ७ सय ६५ लिटर घरेलु मदिरा बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार, विशेष सूचनाको आधारमा उक्त ट्रकलाई रोकी चेक गर्दा ट्रकमा लुकाइछिपाइ ल्याएको उक्त परिमाणमा अवैध घरेलु मदिरा बरामद भएको थियो ।

ट्रकसहित चालक वीरगन्ज–१३ राधेमाईका ५४ वर्षीय लक्ष्मण साहलाई नियन्त्रणमा लिइएको खनालले बताए । ट्रकलाई २० लाख रुपैयाँ मूल्यांकन गरी कारबाहीका लागि आन्तरिक राजश्व कार्यालय वीरगन्जलाई बुझाइएको उनले बताए ।