चैत १७, २०७७ मंगलबार

फाइल तस्बिर - एन्फा

काठमाडौ : अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा राजधानीमा सम्पन्न थ्री नेशन्स कप फुटबल प्रतियोगिताको उपाधि नेपालले जितेको छ ।

सोमबार दशरथ रंगशालामा सम्पन्न फाइनल खेलमा नेपालले बंगलादेशमाथि २-१ गोलको जित निकालेको हो ।

त्यस्तै यस प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी रोहित चन्द घोषित भएका छन् । उनले नगद २५० अमेरिक डलर समेत जितेका छन् । उनले नेपाललाई उपाधि जिताउन प्रतियोगिताभर उत्कृष्ट पदर्शन गरेका थिए ।