जेठ २७, २०७९ शुक्रबार

काठमाडौँ । एलकेजीका विद्यार्थीका लागि अभ्यास नेपाल एजुकेशन फाउन्डेशन प्रा.लि.ले तयार गरेको पाठ्यपुस्तक अहिले चर्चामा छ ।


रमेश भुषाल परिकल्पनाकार रहेको पुस्तकका लेखक अर्चना भण्डारी, विना शर्मा र लिना श्रेष्ठ छन् । यो २०७४ मा पहिलो पटक प्रकाशित भई हरेक वर्ष देशका धेरै विद्यालयहरूमा पुग्ने गर्छ ।

भुषालले विगत ५ वर्ष देखि पुस्तक प्रकाशित हुँदै आएको र अहिले किन विवाद झिकेको भनेका छन् । पुस्तक प्रकाशित भएर वितरणसमेत भइसकेकाले यस वर्ष यसलाई हटाउन नसकिएको जवाफ दिएका छन् ।

भुषाल स्वयं इसाई धर्मालम्बी भएको बुझिएको छ । उनले योजनावद्ध तरिकाले ई अक्षरको परिचय गर्दा ईशा उल्लेख गरेको खुलेको छ ।

साना बालबालिकाका लागि तयार गरिएको पुस्तकमा ई अक्षरको परिचय ईशा लेखिएको भन्दै संसद्‌देखि सडकसम्म प्रश्न उठिसकेको छ । संसद्‌मा नेकपा एमालेका सांसद डा. भीम रावलले यसबारे प्रश्न उठाइसकेका छन् ।