काठमाडौँ । नेपाल विद्यार्थी संघ सिटिइभिटीका नाममा अनैतिक तरिकाले कलेजहरूमा धम्काउँदै चन्दा उठाउँदै हिँडेका शशिन्द्र मोहन रावतलाई इटहरीबाट प्रहरीले पक्राउ गरेको छ ।
उनीमाथि स्वघोषित ने.वि.संघ सिटिइभिटी सहसंयोजक रहेको भनी कलेजहरूमा चन्दा उठाउन धम्क्याइरहेको अभियोग लागेको छ । उनका बारेमा कलेज प्रशासनहरूले सुनसरी जिल्लाका ने.वि.संघ समितिलाई जानकारीसमेत गराएको थियो ।
यसअघि पनि उनीमाथि सिटिइभिटीमा विद्यार्थीको रकम अनियमितता गरेको आरोप लाग्दै आएको छ । रावतकै निर्देशनमा मधेश प्रदेशमा अमितकुमार शाह पनि ने.वि.संघ सिटिइभिटी २ नं.प्रदेशका नेता हुँ भन्दै कलेजहरूमा पैसा उठाउँदै हिँडको बुझिएको छ । उनको खोजी भइरहेको स्रोतले जनाएको छ ।