काठमाडौँदेखि पोखरा जाने सडक अवरूद्ध भएसँगै हवाइ यात्रुको संख्या बढेको छ । काठमाडौँबाट पोखरा उडान गर्ने एयरलाइन्स कम्पनीहरूका अनुसार बुधबारदेखि यो गन्तव्यमा यात्रा गर्ने यात्रु बढेका छन्।
बुधबारदेखि शुक्रबारसम्म बुद्ध एयरलाइन्सबाट तीन हजार ७८७ यात्रुले काठमाडौंदेखि पोखरा यात्रा गरेका छन्। कम्पनीकाअनुसार बुधबार एक हजार ३७१, बिहीबार एक हजार १०१ र शुक्रबार एक हजार ३१५ जनाले यात्रा गरेका हुन्। बुद्धले काठमाडौं–पोखरा दैनिक १३ उडान गर्दै आइरहेको छ।