चैत १७, २०७७ मंगलबार


काठमाडौं । विश्वकप छनौटको तयारीका लागि मैत्रीपूर्ण खेल खेलिरहेको भारतले संयुक्त अरब ईमिरेट्स (यूएई)सँगको खेलमा ६ गोल खाएको छ ।सोमबार भएको मैत्रीपूर्ण खेलमा युएईले भारतलाई ६- ० गोलले पराजित गरेको हो ।

भारतविरुद्ध युएईका अली माबखोटले ह्याट्रिक गरे । उनले खेलको १२ औं मिनेटमा पहिलो गोल गर्दा ३२ औं मिनेटमा पेनाल्टीबाट दोस्रो गोल गरे । अलीले  तेस्रो गोल गरे ।

युएईका लागि खलिल इब्राहिमले ६४ मिनेट, डे लिमाले ७१ मिनेट र सेबास्टियन टाग्लिबुले ८४ मिनेटमा एक एक गोल थपे ।यसअघि भारतले पाँच दिन ओमानसँग मैत्रीपूर्ण खेल खेलेको थियो । भारतले ओमानसँग १/१ गोलको बराबरी खेलेको थियो ।

भारतीय टिमले विश्वकप छनोटका तयारीका लागि युएई र ओमानसँग मैत्रीपूर्ण खेल खेलेको हो ।विश्वकप छनोटमा भारतले आगामी जुनमा कतार, बंगलादेश र अफगानिस्तानसँग खेल्नेछ ।