चैत १७, २०७७ मंगलबार

एजेन्सी : अफ्रिकी कप अफ नेशन्सको छनोट खेलमा इजिप्टले सानदार जित निकालेको छ ।

सोमबार राति भएको खेलमा लिभरपुलका स्टार मोहम्मद सलाह २ गोल गरेका थिए । भने मोहम्मद इलाने र मोहम्मद सेरिफले समान १/१ गोल गरे । त्यस्तै सलाह इजिप्टको सर्वाधिक दोस्रो गोलकर्ता बनेका छन् । 

उक्त खेलमा इजिप्टले कोरोमोसमाथि ४–० गोलको सानदार जित निकालेको थियो । जसमा दुई गोल गर्दै उनले हासा अल साज्लीलाई उछिन्दै दोस्रो सर्वाधिक गोलकर्ताको रेकर्ड आफ्नो नाममा सारे । सलाहले ४३ अन्तर्राष्ट्रिय गोल गरेका छन् ।

इजिप्टका सर्वाधिक गोलकर्ता भने होसम हासन हुन् । उनले ६८ गोल गरेका छन् ।