काठमाडौँ । पूर्वप्रधानसेनापति रुक्माङ्गत कटवालका दुवै मिर्गौलामा समस्या देखिएपछि छाउनीस्थित सैनिक अस्पतालमा उपचार सुरु गरिएको छ।
उनको अहिले डायलासिस चलिरहेको अस्पताल स्रोतले जनाएको छ । उपचारमा संलग्न चिकित्सकहरूले मिर्गौला प्रत्यारोपण गर्नुपर्ने सल्लाह दिएका छन् । कटवालको केही समयअघि प्रोष्टेडको शल्यक्रिया गरिएको थियो।