जेठ २९, २०७९ आइतबार

महेश सिंह/सिरहा - स्थानीय सरकारलाई जिम्मेवार र जवाफदेही बनाउन सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकामा नवनिर्वाचित जनप्रतिनिधि र सरोकारवालाहरूसँग इन्सेकले सार्वजनिक सुनुवाइ कार्यक्रम गरेको छ ।

स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउन कार्यक्रमको आयोजना गरिएकाे इन्सेक प्रतिनिधि दुर्गा परियारले जानकारी दिए ।

पालिका अध्यक्ष केदारनाथ यादवको प्रमुख आतिथ्यमा सुरु भएको कार्यक्रममा मधेस प्रदेशका इन्सेक संयोजक राजु पासवान र पालिकाको उपाध्यक्ष लिलमदेवी यादव विशिष्ट अतिथिसहित सयौँ दलित समुदायका विद्यार्थीहरूको सह-भागिता रहेकाे थियो।