जेठ २९, २०७९ आइतबार

सप्तरीको सुरुङ्गा नगरपालिकाका नव-निर्वाचित जनप्रतिनिधिहरूसँग सवल नेपाल सप्तरी शाखाले परियोजना समन्वय तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ । सप्तरी जिल्लामा सवल नेपालका समुन्नति कार्यक्रम निकै प्रभावकारी बन्दै गएकाे छ । सवल नेपालले सप्तरी जिल्लामा लामो समयदेखि शिक्षा, स्वास्थ्य तथा कृषि क्षेत्रमा काम गर्दै आएकाे छ ।

गरिब दलित र पिछडिएका सामुदायकाे हक अधिकारको विषयमा जागरुक र पैरवी गर्ने काम समेत गर्दै आएकाे छ ।

कार्यक्रम बोल्दै सप्तरी जिल्ला सुरुङ्गा नगरपालिकाकी मेयर गीता चौधरीले जिल्लामा सवल नेपालले समृद्ध समाज निर्माणमा अहम भूमिका खेल्दै आएको बताइन् ।