सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर ६ जुट विकास क्षेत्रमा सोमबार बिहान एक चितुवा देखा परेको छ ।
जुट विकास क्षेत्रमा यताउता गरिरहेको चितुवा पानीले भिजेको अवस्थामा छ । तर चितुवाले अहिलेसम्म कसैलाई पनि क्षति भने पुगाएको छैन।
चितुवा देखिएका क्षेत्रमा नेपाल प्रहरी परिचालन गरिएको छ ।
आज बिहान चितुवा देखेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए ।