जेठ ३०, २०७९ सोमबार

काठमाडौं– सर्वोच्च अदालतमा प्रहरी महानिरीक्षक (आईजीपी) बढुवाविरूद्धको सुनुवाइ आज हुँदैछ।

 कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा उक्त रिटको सुनुवाइ हुँदै छ ।

सरकारले आईजीपीमा धीरजप्रताप सिंहलाई बढुवा गरेपछि एआईजी विश्वराज पोखरेलले बढुवाका लागि आफू योग्य भएको तर सरकारले तेस्रो वरीयताका व्यक्तिलाई बढुवा गरेको उल्लेख गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

उक्त रिटमाथि जेठ १७ गतेदेखि अन्तिम सुनुवाइ सुरु भए पनि सोमबारका लागि पेशी तोकिएको थियो। पोखरेलले आफूभन्दा कनिष्ठलाई आईजीपी नियुक्त गर्नु प्रहरी ऐन विपरित भएको भन्दै रिट दायर गरेका हुन्।