साइकल यात्रुका लागि दाङको तुलसीपुरमा पहिलो पटक छुट्टै साइकल लेन निर्माण गरिएको छ ।
काठमाडौं, ललितपुर, पोखरापछि दाङको तुलसीपुरमा छुट्टै साइकल लेन निर्माण गरिएको हो।
युएनडिपीको आर्थिक सहयोगमा नेपाल साइकल सिटी नेटवर्कले पोखराबाट आएर तुलसीपुरमा छुट्टै साइकल लेन बनाइदिएको हो।
राप्ती राजमार्गबाहेक तुलसीपुरको मुख्य बजारका विभिन्न सडकमा साइकल लेन निर्माण गरिएको छ।
तुलसीपुरको घोराही चोकदेखि त्रिशिद्देश्वरी मन्दिर हुँदै मदन आश्रित चोकसम्म, गुप्त मेडिकलदेखि १९ नम्बर बाहिनी चोकसम्म, तुलसीपुरका ‘ख’ र ‘ग’ लाइन जोड्ने भित्री सडकलाई साइकल अंकित चिन्ह राखेर छुट्याइएको छ।
त्यसरी छुट्याइएको लाइन साइकल यात्रुका लागि मात्रै हुनेछन्। साइकल कुदिरहँदा अन्य सवारी साधान उक्त क्षेत्रमा गुड्न वा पार्किङ गर्न पाइने छैन।