जेठ ३०, २०७९ सोमबार

प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । 

सो मुद्दा सोमवार सुनुवाइका लागि कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलासमा परेको थियो । 

अतिरिक्त प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले आफूभन्दा जुनियर सिंहलाई प्रहरी महानिरीक्षकमा सरकारले नियुक्त गरेको भन्दै सो विरुद्ध रिट दर्ता गराएका हुन् । 

सो मुद्दाको पेशी असार ५ गतेका लागि तोकिएको छ ।