जेठ ३१, २०७९ मंगलबार

सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक पदमा ९ जना बढुवा सिफारिस भएका छन् ।

गृह मन्त्रालय अन्तर्गत बढुवा समितिको सचिवालयले सो पदमा ९ जनालाई बढुवा सिफारिस गरेको हो । 

सिफारिसमा पर्नेमा दीपेन्द्र शाह, सुरेश कुमार श्रेष्ठ, पुरुषेत्तम थापा, अन्जनी कुमार पोख्रेल, दिपक अधिकारी, कृष्ण ढकाल, मनिष थापा, विनोदराज श्रेष्ठ र प्रकाश थापा रहेका छन् । 

उनीहरूलाई सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३९ को उपनियम (१) को (ख) बमोजिम बढुवा समितिको जेठ ३० गतेको निर्णयानुसार ९ जना सशस्त्र प्रहरी अधिकृतहरूलाई सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक पदमा बढुवा गरिएको समितिको सचिवालयले जनाएको छ । 

हेर्नुहोस् सूचना: