जेठ ३१, २०७९ मंगलबार

महेश सिंह । निरन्तरको वर्षाले लहान नगरपालिका वडा नम्बर १ डुबानमा परेकाे छ । स्थानीयको घर-आगन वर्षाको पानीले जलमग्न भएको छ ।

लहानमा वर्षाले स्थानीयको बिचल्ली भएको स्थानीय रेनु कर्णले बताए ।

लहानका मेयर महेश चौधरी र उप मेयर रामचलितर महतोले पानी जलमग्न भएको खबर पाएलगत्तै समस्या सामाधानका लागि पुगेका छन् । पानीले जलमग्न भएको बस्तीबाट पानी निकासका लागि बुधबारबाट काम सुरु हुने उनले बताए ।