चैत १७, २०७७ मंगलबार


काठमाडौं। ३ खेलको टिट्वान्टी शृखंला घरेलु टोली न्युजील्याण्डले एक खेल अगाबै जितेको छ ।  वर्षाले प्रभावित खेलमा न्युजिल्यान्डले बङ्‍गलादेशलाई १७० रनको लक्ष्य प्रस्तुत गरेको छ। 

वर्षाका कारण न्युजिल्यान्डले १७.५ ओभर पाँच विकेट गुमाएर १७३ रन बनाउँदा खेल रोकिएपछि डिएलएस माध्यमबाट बङ्‍गलादेशले १६ ओभरमा १७० को लक्ष्य पाएको हो। 

न्युजिल्यान्डका ग्लेन फिलिप्सले सबैभन्दा धेरै ५८ रन बनाए। त्यस्तै डार्यल मिचेलले ३४ र मार्टिन गुप्टिलले २१ रन बनाए। बङ्‍गलादेशका मेहेदी हसनले दुई विकेट लिए।