काठमाडौं ; अखिल नेपाल फुटबल संघ एन्फाको मुख्य आयोजनामा सम्पन्न थ्री नेशन्स कप विजेता नेपाली राष्ट्रिय फुटबल टोलीका प्रत्यक सदस्यलाई एन्फाले जनही एक लाख नगदसहित सम्मान गर्ने भएको छ ।
मंगलबार एन्फाले एक प्रेस विज्ञप्ती जारी गर्दै उक्त पुरस्कारको घोषणा गरेको छ ।
नेपालले सोमबार सम्पन्न फाइनल खेलमा बंगलादेशमाथि २–१ गोलको जित निकाल्दै ३७ वर्ष पछि घरेलु मैदानमा उपाधि उचालेको हो । उक्त उपाधिसँगै नेपालले नगद ५ हजार अमेरीकी डलर हातपारेको थियो । यस प्रतियोगितामा नेपाल , बंगलादेश र किर्गिस्तानको यु २३ सहित ३ टोली सहभागि रहेका थिए । 