चैत १७, २०७७ मंगलबार

एजेन्सी : सन २०२२ मा कतारमा हुने फिफा विश्वकप छनोट अन्तर्गत आफ्नो ५औं खेलमा जापानले मंगोलियामाथि फराकिलो जित निकालेको छ ।

मंगलबार दिउँसो भएको खेलमा शीर्ष स्थानमा रहेको जापानले १४-० गोलको जित दर्ता गरेको हो ।

जापानको जितमा युया ओसाकोले ह्याट्रिक प्रहार गर्दा जुन्या इतो, शो इनागाकी र क्योगो फुरुहाशीले २/२ गोल गरे । भने मिनामिनो, दैची कमाडा, हिदेमासा मोरिता र ताकुमा असनोले समान १/१ गोल गरे । खस तुयाले मंगोलियाका लागि आत्मघाती गोल गरेका थिए । यो

उक्त जितसँगै जापानले ५ खेलबाट शतप्रतिशत जित सहित १५ अंक जोडेको छ । त्यस क्रममा उसले २७ गोल गर्दै एक गोल पनि खाएको छैन ।