एजेन्सी : सन २०२२ मा कतारमा आयोजना हुने विश्वकपको छनोट खेलमा नेदरल्याण्डले गिब्रल्टारमाथि फराकिलो जित निकालेको छ ।
मङ्गलबार राति भएको खेलमा नेदरल्याण्डले गिब्रल्टारलाई उसैको मैदानमा ७–० गोलले हराएको हो ।
पाहुना टोली नेदरल्याण्डलाई जिताउन मेम्फिस डिपेले २ गोल गर्दा स्टेभन बर्घुइस, लुक डी योङ, जर्जिनियो विज्नाडम, डनयल मलेन र डनी भान डी बीकले समान १/१ गोल गरे ।
पहिलो हाफमा १ गोल गरेको नेदरल्याण्डले दोस्रो हाफमा थप ६ गोल गरेको थियो ।
उक्त जितसँगै समूह ‘जी’को दोस्रो स्थानको नेदरल्याण्डले तीन खेलमा ६ अङ्क जोडेको छ । यता पराजित गिब्रल्टार भने पुछारमा छ ।