चैत १८, २०७७ बुधबार

एजेन्सी : सन् २०२२ मा कतारमा हुन फिफा विश्वकपको छनोट खेलमा बेल्जियमले बेलारुसमाथि फराकिलो जित निकालेको छ । मङ्गलबार राति भएको युरोपियन छनोटतर्फ बेल्जियमले बलारुसलाई ८–० गोलान्तरले हराएको हो ।

घरेलु मैदानमा बेल्जियमलाई जिताउन हान्स भानाकेन र लेयन्द्रो ट्रोसार्डले समान दुई–दुई गोल गर्दा मिची बात्सुयी, जेरेमी डोकु, डेनिस प्रायट र क्रिस्टियन बान्टेकले समान एक–एक गोल गरे ।

बेल्जियमले पहिलो हाफमा चार तथा दोस्रो हाफमा चार गोल गोल गरेको थियो ।

जितसँगै बेल्जियमले तीन खेलमा सात अङ्क जोडेको छ । ऊ समूह ‘ई’को शीर्ष स्थानमा छ । बेलारुस भने तीन अङ्कसहित चौथो स्थानमा छ ।बेलारुसको पोस्टमा बेल्जियमको आठ गोल