चैत १८, २०७७ बुधबार


धनगढी
नेक्सस क्रीकेट एकेडेमीको आयोजनामा काठमाडौको तल्लो मुलपानी क्रीकेट मैदानमा यहि १६ गतेदेखि सुरु भएको नेक्सस कप यु १६ राष्ट्रिय क्रीकेट प्रतियोगिताको दोश्रो दिनको पहिलो खेलमा ग्रेट हिमालयन क्रीकेट एकेडेमीले ओशिस क्रीकेट एकेडेमीलाई ३९ रनले तथा दोश्रो खेलमा नेक्सस क्रीकेट एकेडेमी ए ले हिमालयन क्रीकेट एकेडेमीलाई १० रनले हराउन सफल हुँदै प्रतियोगितामा विजयी सुरुवात गर्न सफल भएका छन्।
आज भएको प्रतियोगिताको दोश्रो दिनको पहिलो खेलमा ग्रेट हिमालयन क्रीकेट एकेडेमीले टस जित्दै पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो।फलस्वरूप, ग्रेट हिमालयन क्रीकेट एकेडेमीले निर्धारित २० ओभरमा ९ विकेटको क्षति १५१ रन बनाउन सफल भयो।ब्याटिङतर्फ ग्रेट हिमालयन क्रीकेट एकेडेमीका लागि रन्जित यादवले ४२ बलमा सर्वाधिक ५१ रनको महत्त्वपूर्ण अर्धशतकिय पारी खेल्न सफल हुँदा अभय घर्तिमगर २२ बलमा २१ रन,निश्चय थापा १८ बलमा १५ रन तथा पुरन थापाले ८ बलमा १२ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो रन अंक छुन सकेनन्।बलिङतर्फ ओशिस क्रीकेट एकेडेमीका लागि विशाल सेवा ४ ओभरमा २४ रन,रोशन पराजुली ४ ओभरमा २४ रन,राज श्रेष्ठ ४ ओभरमा २८ रन तथा अभिजित शुनारले २ ओभरमा १७ रन खर्चंदै समान २ २ विकेट लिन सफल भए।
१५२ रनको विशेष विजयी लक्ष्य पछ्याउँदै मैदान उत्रेको ओशिस क्रीकेट एकेडेमीले निर्धारित २० ओभरमा ८ विकेटको क्षति मात्र ११२ रन बनाउनसक्दा खेल ३९ रनले गुमाउन पुग्यो।ब्याटिङतर्फ ओशिस क्रीकेट एकेडेमीका लागि सम्राट भुषालले ५२ बलमा सर्वाधिक ५४ रनको अर्धशतकिय पारी खेल्न सफल हुँदा भुपाल दङ्गालले ४३ बलमा ३६ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो रन अंक छुन सकेनन्।बलिङतर्फ ग्रेट हिमालयन क्रीकेट एकेडेमीका लागि पुरन थापाले ४ ओभरमा २३ रन खर्चंदै सर्वाधिक ३ विकेट लिन सफल हुँदै आफ्नो टोलिलाइ महत्त्वपूर्ण जित दिलाउन पनि सफल भए।
   प्रतियोगिताको दोश्रो दिनको पहिलो खेल ग्रेट हिमालयन क्रीकेट एकेडेमीले ३९ रनले जित्न सफल भएको छ।उक्त खेलका म्यान अफ दी म्याच ग्रेट हिमालयन क्रीकेट एकेडेमीका रन्जित यादव घोषित हुन सफल भए।

आजै भएको प्रतियोगिताको दोश्रो दिनको दोश्रो खेलमा नेक्सस क्रीकेट एकेडेमी ए ले टस जित्दै पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो।फलस्वरूप, नेक्सस क्रीकेट एकेडेमीले निर्धारित २० ओभरको खेलमा १७।५ ओभर खेल्दै सम्पुर्ण विकेटको क्षति मात्र ८६ रन जोड्नसक्यो।ब्याटिङतर्फ नेक्सस क्रीकेट एकेडेमी ए का लागि नरेन भट्टले २३ बलमा सर्वाधिक ३३ रन बनाउदा गोविन्द बिष्टले ९ बल खेल्दा भुपेन्द्र आचार्यले १० बल खेल्दै समान १०र१० रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो रन अंक छुन सकेनन्।बलिङतर्फ हिमालयन क्रीकेट एकेडेमीका लागि सन्तोष केसीले ४ ओभरमा १ मेडेनसहित १२ रन खर्चंदै सर्वाधिक ३ विकेट लिन सफल हुँदा दिपक बोहरा ४ ओभरमा २ मेडेनसहित ११ रन तथा केशव भण्डारीले १।५ ओभरमा ७ रन खर्चंदै समान २र२ विकेट लिन सफल भए।
 ८७ रनको झिनो विजयी लक्ष्य पछ्याउँदै मैदान उत्रेको हिमालयन क्रीकेट एकेडेमीले निर्धारित २० ओभरको खेलमा १७।३ ओभर खेल्दै सम्पुर्ण विकेटको क्षति मात्र ७६ रन बनाउनसक्दा खेल १० रनले गुमाउनपुग्यो।ब्याटिङतर्फ हिमालयन क्रीकेट एकेडेमीका लागि दिपक बोहराले ३० बलमा सर्वाधिक ३९ रन बनाउदा सन्दिपजङ्ग शाहीले ३० बलमा १३ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो रन अंक छुन सकेनन्।बलिङतर्फ नेक्सस क्रीकेट एकेडेमी ए का लागि गोविन्द बिष्टले ४ ओभरमा १५ रन खर्चंदै सर्वाधिक ३ विकेट लिन सफल हुँदा समीर बिष्ट ४ ओभरमा १ मेडेनसहित ६ रन तथा पप्पु रोयले २ ओभरमा ६ रन खर्चंदै समान २ २ विकेट साथै नरेन भट्टले ४ ओभरमा १६ रन खर्चंदै महत्त्वपूर्ण १ विकेट लिन सफल हुँदै आफ्नो टोलिलाइ महत्त्वपूर्ण जित दिलाउन पनि सफल भए।
 प्रतियोगिताको दोश्रो दिनको दोश्रो खेल नेक्सस क्रीकेट एकेडेमी ए ले १० रनले जित्न सफल भएको छ।उक्त खेलका म्यान अफ दी म्याच नेक्सस क्रीकेट एकेडेमीका नरेन भट्ट घोषित हुन सफल भए।