काठमाण्डौ। चौथो संस्करणको पोखरा विश्वविद्यालय क्रीकेट लिग(पियुसिएल) उपाधी गोर्खाली ब्लास्टर्सले जितेको छ।मंगलबार सम्पन्न फाइनल खेलमा पोखरा विश्वविद्याय(पियु) राइनोजलाई ६ विकेटले पराजित गर्दै गोर्खाली ब्लास्टर्स बिजेता बनेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको पियु राइनोजले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ९५ रन जोडेको थियो।उसका अभिनाश बोहोरा २८ बलमा १ चौका र २ छक्कासहित ३२ रनमा अविजित रहे।त्यस्तै बिक्रम सोबले २० र सुभाष भन्डारीले १९ रन जोडे।बलिङमा गोर्खालीका आशिष पान्डेले २ तथा कृष्ण कार्की,सुरज चन्द र अभिषेक थापाले १ /१ विकेट लिए।
पियु राइनोजले दिएको ९६ रनको लक्ष्य गोर्खालीले १९=५ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।
उसको लागि सुबोध ढुगेल र विपिन रावलले समान २०/२० रन जोडे।त्यस्तै कृष्ण कार्की १७ रनमा अविजित रहे।बलिङमा पियु राइनोजका अभिनाश बोहोरा,सुभाष भन्डारी,प्रेम शाह र माधव केसीले १/ १ विकेट लिए।
प्रतियोगितामा पियु राइनोजका विक्रम सोब सर्वोकृष्ट खेलाडी चुनिए।त्यस्तै पियु राइनोजका प्रेम शाह उत्कृष्ट बलर घोषित हँदा इसान पान्डे उत्कृष्ट ब्याट्सम्यान घोषित भए।प्रेम र इशानले समान २५०० रुपैयाँ प्राप्त गरे।