चैत १८, २०७७ बुधबार

एजेन्सी ; सन २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकपको युरोपेली छनोट अन्तर्गत आफ्नो तेस्रो खेलमा क्रोएसियाले माल्टामाथि फराकिलो जित निकालेको छ ।
बुधवार बिहान समपन्न्र खेलमा घरेलु टोली क्रोएसियाले ३–० गोलको सहज जित निकालेको हो । क्रोएसियाको जितमा इवान पेरिसिक, लुका मोड्रिड र जोसिप ब्रेकलोले समान १–१ गोल गरे । 

निकै प्रतिस्प्रधात्मक बनेको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो तर दोस्रो हाफमा घरेलु टोलीका लागी 
इवानले खेलको ६१औं मिनेटमा गोल गरी सुरुवाती अग्रता दिलाएका थिए । त्यस्तै खेलको ७५औं मिनेमा लुकाले पेनाल्टीमा गोल गरी घरेलु टोलीलाई २–गोलको अग्रता दिलाए । त्यसपछि खेलको अन्तिम मिनेटमा ब्रेकलोले गोल गरी घरेलु टोलीलाई ३–० गोलको जित पक्का गरे ।


उक्त जित सँगैै ३ खेलबाट ६ अंक जोडेको क्रोएसिया शीर्ष स्थानमा उक्लेको छ । समान खेलबाट समान अंक जोडेको रसिया गोल अन्तरको आधारमा दोस्रो स्थानमा रहेको छ । यता पराजित टोली माल्टा भने १ अंकसहित पुछारमा रहेको छ ।