चैत १८, २०७७ बुधबार


काठमाडौं । बाग्लुङ खुल्ला राष्ट्रिय टु ए साईट पुरुष भलिबल प्रतियोगिता चैत्र २७ देखि २९ गतेसम्म आयोजना हुने भएको छ ।हेप्पी योङ युथ क्लबको आयोजनामा हुने यस प्रतियोगिताका  सम्पूर्ण खेल नयाँ बसपार्क स्थित ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रमा आयोजना हुने  छन्  ।

‘खेलाडी मान होईन सम्मान हो, खेलुकद शान होईन हाम्रो पहिचान हो’ भन्ने नारा सहित सुरुहुने यस प्रतियोगिताका लागि रु ३५०० तिरैर टिम दर्ता गर्न सकिने आयोकले जनाएको छ । टिम दर्ताका लागि चैत्र २६ गते सम्मको मिति तय गरिएको छ । 

आयोजकका अनुसार  विजेता जोडीले ६० हजार नगद पाउने छन् भने दोस्रो हुने जोडीले ३० हजार पाउनेछन् र  तेस्रो हुने जोडीले १५ हजार नगद का साथमा मेडल,ट्रफी र प्रमाणपत्र पाउनेछन् । अहिले हुन लागेको प्रतियोगिता दोस्रो संस्करण हो ।