असार ३, २०७९ शुक्रबार

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा सवार हेलिकप्टर शुक्रवार भैरहवाको गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरिएको छ ।

हेलिकप्टरको इन्धन सकिएपछि इन्धन भर्नका लागि प्रधानमन्त्री देउवा सवार हेलिकप्टर भैरहवा विमानस्थलमा अवतरण गरिएको रूपन्देहीका प्रहरी प्रमुख रवीन्द्र रेग्मीले
 बताएका छन् ।

देउवा सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन धनगढी आइरहेका थिए ।