बैशाख ३१, २०८३ बिहिबार

काठमाडौँ, ३१ वैशाखः महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीसँग नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक डम्बरबहादुर विकले भेटघाट गर्नुभएको छ ।

    मन्त्रालयमा आज भएको भेटका क्रममा महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा जोखिममा रहेका समुदायको सुरक्षा, संरक्षण, न्यायमा पहुँच, लैङ्गिक हिंसा न्यूनीकरण तथा मन्त्रालय र सुरक्षा निकायबीचको समन्वयलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो । 

    सोही अवसरमा मन्त्री वादीले संवेदनशील समूहको अधिकार संरक्षण र पीडितमैत्री सेवा प्रवाहका लागि सम्बन्धित निकायसँगको सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।