एजेन्सी ; सन २०२२ मा कतारमा हुने फिफा विश्वकप अन्तर्गत युरोपेली क्षेत्रको छनौट चरणको दोस्रो खेलमा वेल्स विजयी भएको छ ।
समूह ई मा रहेको वेल्सले मंगलबार राति भएको खेलमा चेक गणतन्त्रलाई १–० ले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा वेल्सका लागि ८१ औँ मिनेटमा ग्यारेथ बेलको पासमा डानिएल जेम्सले गोल गरेका हुन् ।
त्यसअघि दुवै टिमका एक एक खेलाडी रातो कार्ड पाएर मैदानबाट बाहिरिएका थिए । पाहुना टोली चेक गणतन्त्रका प्याट्रिक शेक ४८ औँ मिनेटमा सीधै रातो कार्ड पाएर बाहिरिए । यस्तै वेल्सका रोबर्टस ७७ औँ मिनेटमा दोहोरो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिएका हुन् । अन्तिम समयमा जेम्सले गरेको गोलबाट विजयी भएको वेल्स ३ अंक जोड्न सफल भएको छ ।