असार ३, २०७९ शुक्रबार

काठमाडौँ । राजा ज्ञानेन्द्र शाह आज थाइल्याण्ड प्रस्थान गरेका छन् । १ महिना लामो बसाइका लागि शाह बैंकक उडेका हुन् । शाहले आफ्नो जन्मदिन पनि उतैै मनाउने भएका छन् ।

उनका साथमा रानी कोमल शाह पनि छिन् । दुई सहयोगी पनि भ्रमणमा छन् । शाह ६ साउनमा स्वदेश फर्कने बुझिएको छ । राजाका परिवारका सदस्यमध्ये पारस शाह र हिमानी शाह नेपालमै छन् भने दुई नातिनी र नाति विदेशमै छन् ।