चैत १८, २०७७ बुधबार

 

एजेन्सी।  चैत्र २७ बाट सुरु हुने चौथौं संस्करणको ईण्डियन प्रिमियर लिग(आईपिएल)को यस संस्करणका लागि सनराईजर्स हैदरावादले एक खेलाडीको बदलाब गरेको छ। 

आसन्न आईपिएलका लागि मिचेल मार्सको स्थानमा जेसन रोयलाई अनुबन्ध गरेको छ ।

अष्ट्रेलियन मिचेल मार्सले यस संस्करण व्यक्तिगत कारणले आइपीएल खेल्न नसक्ने बताएका थिए । जसका कारण उनको स्थानमा इंग्ल्याण्डका ब्याट्सम्यान जेसन रोयलाई हैदरावादले टिममा लिएको हो ।