असार ३, २०७९ शुक्रबार

लहान नगरपालिकामा बजार अनुगमनका क्रममा अनुगमन टोलि

लहान - सिरहाको लहान नगरपालिकाले बजार अनुगमनमा तीव्रता दिएको छ । लहानका उप-प्रमुख रामचलितर महतोको अनुगमन टोलिले पसल तथा उद्योगमा अनुगमन गरेकी हुन्। 

बजार अनुगमन समितिले लहानमा अनुगमन गर्दा म्याद गुज्रिएको मैदा, खानेतेल फेला पारेको छ ।

योसँगै लेवलविनाको भुजिया, दही र प्रतिबन्धित दूधको धुलो अनुगमन समितिले फेला पारेको छ। होटलमा पकाउन ल्याउँने मैदा, मासु, खानेतेल र दही नै म्याद गुज्रिएको छ ।

 
त्यसैगरी झिँगा भिन्किएको मासु फेला पारेको छ। मासु पसलमा व्यापक फोहोर रहेको र अखाद्य पदार्थको प्रयोग भएको समान फेला पारेको छ।

लहान नगरपालिका पशु विकास शाखाको स्वीकृत कार्यक्रमअनुसार उपमेयर रामचलितर महतोको अगुवाइमा लहान बजार अनुगमन गरिएको छ । अनुगमन समितिमा खाद्य सुरक्षा तथा गुणस्तर वसकास कार्यालय राजबिराजका सुरेन्द्र कुमार सिंह लहान नगरपालिकाका प्रमुख प्रसासकीय अधिकृत खेमानन्द भुसाल, लहानका पशु विकास अधिकृत रामकृष्ण यादव, लहान प्राविधिक शिक्षालयका डा.ललितकुमार यादव, लहानका जनस्वास्थ अधिकृत जगदीश मण्डल, पशु विकास स्वास्थ अधिकृत विशेश्वरप्रसाद चौधरी, ईलाका प्रहरी कार्यालय लहानका प्रहरी नायव निरीक्षक वीरेन्द्रप्रसाद यादवलगायत पत्रकारको उपस्थिति थियो । बजार अनुगमनलाई निरन्तरन्ता दिने उपमेयर रामचरितर महतो बताउँछिन् ।