काठमाण्डौ।
आगामी शनिबारबाट काठमाण्डौमा सुरु हुने ललितपुर मेयर महिला च्याम्पियनसिपका लागि सुदुरपश्चिम प्रदेशको टोली सार्बजनिक भएको छ ।
ऋतु कनोजियाको नेतृत्वमा १४ सदस्यिय टोली घोषणा गरिएको हो।
सुदूरपश्चिमले चैत २१ मा ललितपुर मेयर ११ सॅंग खेल्दै प्रतियोगिताको सुरुवात गर्ने छ। दोस्रो खेल चैत २२ मा एपिएफसँग खेल्ने टोलीले चैत २४ मा प्रदेश १ सँग खेल्ने छ । चैत २५ मा सुदूरपश्चिमले आफ्नो लिग चरणको अन्तिम खेल लुम्बिनी प्रदेशसँग खेल्ने छ ।
प्रतियोगितामा प्रदेश १, नेपाल एपिएफ क्लब, लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश र ललितपुर मेयर–११ गरि पाँच टोली छन् । प्रधानमन्त्री कपमा सहभागिता जनाएका प्रदेश–२, बागमती, गण्डकी र कर्णालीका खेलाडीको प्रदर्शनलाई आधार मान्दै मेयर–११ को टोली बनाईएको छ ।
सुदूरपश्चिमको टोली :
ऋतु कनोजिया (कप्तान)
रुवि पोदार (उप कप्तान)
कविता जोशी
कविता कुवँर
डली भट्ट
विन्दु रावल
रेवती धामी
मञ्जु बोगटी(विकेटकिपर)
सुनिता लोहार
दिव्या कार्की
सम्झना खड्का
दीपा जोरा
लक्ष्मी साउँद
स्नेहा महरा
टिम ब्यवस्थापक तथा प्रशिक्षक – दीपेन्द्र बहादुर चन्द
सहायक प्रशिक्षक : जानकी भट्ट