चैत १८, २०७७ बुधबार

काठमाण्डौ।बिहिबारबाट सुरु हुने पाँचौ संस्करणको आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद(राखेप)को कर्भडहलमा हुने प्रतियोगिताको पहिलो खेलमा महिलातर्फ एक खेल तथा पुरुषतर्फ  भने तीन खेल हुनेछ ।

महिला तर्फ पहिलो दिन न्यु डाइमण्ड स्पोर्ट्स क्लब र ढोरपाटन स्पोर्ट्स क्लबबीच प्रतिस्पर्धा हुनेछ ।पुरुष तर्फ भने पहिलो खेलमा नेपाल पुलिस क्लब र नयाँ बजार सामाजिक युवा क्लबको खेल हुनेछ । दोस्रो खेल एपीएफ विरुद्ध बुलबुले रारा क्लब तथा त्रिभुवन आर्मी क्लब र मणिमुकुन्द भलिबल क्लबबिच प्रतिस्पर्धा हुनेछ ।

चैत २६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा पुरुषतर्फ ८ टिम र महिलातर्फ ६ टिमले प्रतिस्पर्धा गर्नेछन् । 

लिगमा महिलातर्फ एपीएफ, आर्मी, पुलिस, न्यु डाइमण्ड, ढोरपाटन र भरतपुर मेट्रो खेलकुद परिषद् रहेका छन् ।

यस्तै, पुरुषतर्फ एपीएफ, आर्मी, पुलिस, बुलबुले रारा, हेल्प नेपाल, बुद्धटोल भलिबल टिम, नयाँ बजार, मणिमुकुन्द छन् ।

लिगको महिला र पुरुष विजेता ,उपबिजेता र तेस्रो हुने टोलीले क्रमश: ३ लाख, १ लाख ५० हजार र ७६ हजार पाउदा चौंथो हुने टोलीले ३७ हजार ५ सय पाउने संघले जनाएको छ ।

खेल तालिका :