एजेन्सी। राजस्तान रोयल्सका तीव्र गतिका बलर जोफ्रा आर्चरले आगामी चैत्र २७ गतेबाट भारतका विभिन्न ६ सहरमा संचालन हुने इन्डियन प्रिमियर लिग (आइपिएल) मा सुरुवाती केही खेल गुमाउने भएका छन् ।
गत सोमबार दायाँ हातको औंलाको सल्यक्रिया गरेका आर्चर राजस्तानका प्रमुख बलर हुन् । उनी आइपिएलमा राजस्तानका सुरुवाती चार खेलपछि उपलब्ध हुने सम्भावना छ । राजस्तानको १४औं संस्करणको पहिलो खेल यही ३० गते पन्जाब किंग्सविरुद्ध रहेको छ ।
यस पटक राजस्तानको कप्तानी युवा विकेटकिपर ब्याट्सम्यान सन्जु सामसनले गर्ने छन् । अष्ट्रेलिया पूर्व कप्तान तथा ब्याट्सम्यान स्टिभ स्मिथलाई कप्तानबाट हटाउँदै सामसनलाई जिम्मेवारी दिएको थियो । यस संस्करणका लागि २ महिना अगाडी भएको अक्सनमा राजस्तानले दक्षिण अफ्रिका तीव्र गतिका बलिङ अलराउन्डर क्रिस मोरिसलाई आइपिएल इतिहासकै १६ करोड २५ लाख भारु खर्चिदै टोलीमा अनुबन्ध गरेको थियो ।
राजस्तान रोयल्स : महिपाल लोमरो, मनान बोहरा, रियान पराग, मयंक मारकन्डे, श्रेयस गोपाल, जयदेव उनादकट, कार्तिक त्यागि, राहुल टेवाटिया, यशस्वी जैसवाल, सन्जु सामसन (कप्तान), अनुज रावत, डेविड मिलर, जोफ्रा आर्चर, एन्ड्रुय टाई, बेन स्टोक्स, जस बटलर, क्रिस मोरिस, शिवम दुबे, चेतन सकरिया, मुस्ताफिजुर रहमान, केसी करिअप्पा, लियाम लिभिङस्टोन, कुलदीप यादव र आकाश सिंह ।