असार ४, २०७९ शनिबार

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट सुनका गहनासहित १ यात्रु पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पाल्पा रिब्दिकाेटका राजेन्द्र कुँवर रहेका छन् । उनी जजिराकाे जहाजबाट गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल आएका थिए ।

कुँवरलाई मोजामा लुकाएर ल्याएको अवस्थामा १ सय २२ ग्राम सुनका गहनासहित पक्राउ गरिएको प्रहरीले  जनाएको छ।

वैधानिक रूपमा ५० ग्रामसम्म सुन ल्याउन पाइने व्यवस्था रहे पनि अन्य गहनाको हकमा पूर्व जानकारी गराउनुपर्ने भए पनि केही त्यस्तो जानकारी नगराएको पाइएको छ।

पक्राउ परेका उनलाई बरामद सामानसहित आवश्यक अनुसन्धानका लागि राखिएको छ।