चैत १९, २०७७ बिहिबार

 

काठमाडौं। आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपको पाचौ संस्करण आजबाट सुरु हुँदैछ।

पहिलो दिन महिला तर्फ एक खेल रहेकोमा पुरुष तर्फ भने तीन खेल रहेको छ।

त्रिपुरेश्वरस्थित राखेपको कर्भडहलमा हुने प्रतियोगिताको पहिलो खेल महिला तर्फको हुनेमा न्यु डाइमण्ड स्पोर्ट्स क्लब र ढोरपाटन स्पोर्ट्स क्लबबीच बिहान १० बजे प्रतिस्पर्धा सुरु हुनेछ। 

पुरुष तर्फ भने पहिलो दिनको पहिलो खेलमा नेपाल पुलिस क्लब र नयाँ बजार सामाजिक युवा क्लबबिच खेल हुनेछ । दोस्रो खेल एपीएफ विरुद्ध बुलबुले रारा क्लब तथा तेस्रो खेल भने त्रिभुवन आर्मी क्लब र मणिमुकुन्द भलिबल क्लबबिच प्रतिस्पर्धा हुनेछ ।

लिगको महिला र पुरुष विजेताले ३ लाख नगद प्राप्त गर्ने छन् । यस्तै उपविजेताले १ लाख ५० हजार प्राप्त गर्दा तेस्रोले ७६ हजार र चौंथोले ३७ हजार ५ सय पाउने संघले जनाएको छ ।

चैत २६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा पुरुषतर्फ ७ टिम र महिलातर्फ ६ टिमले प्रतिस्पर्धा गर्नेछन् । लिगमा महिलातर्फ एपीएफ, आर्मी, पुलिस, न्यु डाइमण्ड, ढोरपाटन र भरतपुर मेट्रो खेलकुद परिषद् रहेका छन् ।

यस्तै, पुरुषतर्फ एपीएफ, आर्मी, पुलिस, बुलबुले रारा, हेल्प नेपाल, नयाँ बजार सामाजिक युवा क्लब, मणिमुकुन्द छन् ।