काठमाडौ।नेपाली युवा ब्याटमिन्टन खेलाडी प्रिन्स दाहालले आफुले आगामी बर्षमा आफुले जितेका हरेक प्रतियोगिता बराबर पाँच हजार रुपैयाँ धुर्मुस सुन्तली फाउन्डेसनलाई सहयोग गर्ने बताएका छन्।
चितवनमा निर्माणाधिन गौतमबुद्ध क्रिकेट रंगशाला निर्माणमा सहयोग गर्ने लक्ष्यका साथ उनले यस्तो घोषणा गरेका हुन ।
प्रिन्सले बुधबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेखेका छन्,‘ चितवन भरतपुरमा धुर्मुस सुन्तली फाउन्डेसन द्वारा बन्दै गरेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माणको सहयोग अन्तर्गत २०७८ सालमा मैले जित्ने प्रत्येक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता को ५ हजार फाउन्डेसनलाई दिने निर्णय गरेको छु । आशा छ अरु ले पनि यसरी नै सहयोग गर्नु हुनेछ ।’
प्रिन्सले यो वर्ष ३ वटा सिनियरतर्फको उपाधि जितेका थिए । गत वर्ष स्वदेशमा आयोजना भएको सागको ब्याडमिन्टनमा प्रिन्स सम्मिलित टोलीले टिम इभेन्ट्समा कास्य पदक जितेको थियो ।