एजेन्सी ; सन् २०२२ मा कतारमा हुने फिफा विश्वकपको छनोट अन्तर्गत आफ्नो तेस्राो खेलमा इटालीले लगातार जित निकालेको छ । बुधबार राति भएको युरोपियन छनोटतर्फ इटालीले लिथुनियालाई २–० गोलले हराएको हो ।
लिथुनियाको घरेलु मैदानमा भएको खेलमा पाहुना टोली इटालीलाई जिताउन स्टेफानो सेन्सी र सिरो इम्मोबाइलले समान एक–एक गोल गरे । निकै प्रतिस्प्रधात्मक बनेको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर दोस्रो हाफको खेलको ४७औँ मिनेटमा सेन्सीले गोल गर्दै इटालीलाई सुरुवाती अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको इन्ज्युरी समयमा इम्मोबाइलले गोल गर्दै इटालीलाई २–० गोलको जित दिलाए ।
उक्त जितसँगै समूह ‘सी’को इटालीले लगातार तेस्रो जित निकालेको छ । ऊ नौ अङ्कसहित सो समूहको शीर्ष स्थानमा छ । अङ्कविहीन लिथुनिया भने पुछारमा छ ।