एजेन्सी : सन २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप छनोट अन्तर्गत आफ्नो तेस्रो खेलमा स्पेनले कोसोभोमाथि सहज जित निकालेको छ । 
बुधबार राति भएको खेलमा घरेलु टोली स्पेनले पाहुना टोली कोसोभोमाथि ३–१ गोलको जित निकालेको हो । घरेलु टोली स्पेनको जितमा डेनील ओल्मो कार्भाजल, फरान टोरेस र जेरार्ड मोरेनोले समान एक एक गोल गरे ।

जारी खेलको ३३औ मिनेटमा डेनीलको गोलमा अग्रता बनाएको स्पेनले उक्त गोलको २ मिनेट पछि पुन स्पेनले टोरेसको गोलमा पहिलो हाफमा २–० गोलको अग्रता बनायो । तर दोस्रो हाफको ६९औ मिनेटमा पाहुना टोलीले गोल गरि खेलमा फर्किने संकेत गरेको थियो । तर खेलको ७४औ मिनेटमा जेरार्डले गोल गरी घरेलु टोलीmलाई ३–१ गोलको सहज जित पक्का गरे ।
उक्त जित सँगै स्पेनले ३ खेलबाट ७ अंंकका साथ तालिकाको शीर्ष स्थानमा रहेको छ । यता पराजित कोसोभोको भने २ खेलबाट अंकविहिन हुदै पुछारमा रहेकको छ ।