एजेन्सी ; सन २०२२ मा कतामा आयोजना हुने फिफा विश्वकप छनोट अन्तर्गत युरोपेली छनोटको आ -आफ्नो तेस्रो खेलमा फ्रान्स र इंग्ल्याण्डले जित हात पारेका छन् ।
नेपाली समयअनुसार बुधवार राति भएको खेलमा फ्रान्सले बोस्निया एन्ड हर्जगोभिनामाथि १–० गोलको कठिन जित निकालेको थियो । पाहुना टोली फ्रान्सको जितमा एन्टोनो ग्रिजमनले गरेको एक मात्रै गोल नै फ्रन्सको जितमा प्रयाप्त बन्यो । उनले खेलको ६०औ मिनेटमा गरेका थिए । 
उक्त जित सँगै फ्रान्स ३ खेलबाट ७ अंक बनाँउदौ शीर्ष स्थानमा रहेको छ । यता पराजित बोस्निया भने २ खेलबाट १ अंकसहित चौथो स्थानमा छ ।
त्यस्तै अर्को खेलमा इंग्ल्याण्डले पोल्याण्डलाई २–१ गोल अन्तरले पराजित गरेको छ । इंग्ल्याण्डको जितमा कप्तान ह्यारी केन र ह्यारी मगाएरले समान एक एक गोल गरे यता पोल्याण्डको लागि जाकुव मोडेरले गोल गरे ।
जारी खेलको १८औ मिनेटमा कप्तान केनले पेनाल्टीमा गोल गरी घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यस्तै दोस्रो हाफको खेलको ५७औ मिनेटमा पाहुना टोलीको लागि जाकुवले गोल गरी खेल बराबरी अबस्थामा ल्याए , तर खेलको ८४औ मिनेटमा घरेलु टोलीका मगाएले गोल गरी खेलमा २–१ गोलको जित पक्का गरे ।
उक्त जित सँगै इंग्ल्याण्डले लगातार तेस्रो जित निकालेको छ । ३ खेलबाट ९ अंक बनाएको इंग्ल्याण्ड शीर्ष स्थानमा रहेको छ । यता पराजित पोल्याण्डको भने ३ खेलबाट ४ अंकसहित चौथो स्थानमा रहेको छ ।