काठमाडौँ । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा विद्यार्थीहरू प्रदर्शनमा उत्रिएका छन् । रूपन्देहीमा अनेरास्ववियु सैनामैना र शहीद नारायण पोखरेल रामापुर क्याम्पसका विद्यार्थीले पूर्वपश्चिम राजमार्गको सैनामैनामा प्रदर्शन गरेका हुन् ।
प्रदर्शनकारीहरूले टायर बालेर विरोध जनाएका थिए । प्रधानमन्त्रीको पुत्ला जलाउन थालेपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।