काठमाण्डौ। पाँचौ संस्करणको आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपमा विभागीय टिम नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेको छ ।
त्रिपुरेश्वरस्थित राखेपको कर्भडहलमा बुधबार भएको पुरुषतर्फको खेलमा नयाँ बजार सामाजिक युवा क्लबलाई ३(० को सोझो सेटमा हराएर पुलिसले सुखद सुरुवात गरेको हो ।
पुलिसले नयाँबजारविरुद्ध २५-९, २५-२१ र २५-१६ को सेटमा जित निकाल्यो ।
आजै भएको महिला तर्फको खेलमा ढोरपाटन क्लब विजयी भएको थियो ।आजै पुरुष तर्फका अन्य दुई खेल पनि हुनेछन् ।