चैत १९, २०७७ बिहिबार

 

काठमाण्डौ।  आगामी २१ गतेबाट  कीर्तिपुर क्रिकेट मैदान काठमाण्डौमा सुरु हुने ललितपुर मेयर कप महिला  टी ट्वान्टी प्रतियोगिताका लागि नेरी थापाको कप्तानीमा लुम्बिनी प्रदेशले टिमको घोषणा गरेको छ । टिममा १४ जना खेलाडी समावेश रहेका छन्  ।

केही महिना अघि दाङको लमहीमा भएको प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेकोले टिम लुम्बिनी प्रदेशले मेयर कपमा सहभागीता जनाउदै छ। 

 चैत्र २२ गते ललितपुर मेयर ११ विरुद्ध  खेल्दै लुम्बिनी प्रदेशले यस प्रतियोगिताको सुरुवात गर्नेछ ।

प्रतियोगितामा लुम्बिनी प्रदेशका अलावा प्रदेश १,नेपाल एपिएफ क्लब,सुदुरपश्चिम प्रदेश र ललितपुर मेयर ११ रहेका छन्  ।

लुम्बिनी प्रदेशको टिम यसप्रकारको रहेको छ:

नेरी ललितपुर मेयर कपका लागि लुम्बिनी प्रदेशको टिम सार्वजनिकथापा (कप्तान), सरस्वती पुन (उपकप्तान), सवतिका बजगाई, सरिता जिसी, सरस्वती जीएम, लक्ष्मी रोक्कामगर, लक्ष्मी चौधरी, मधु डिसी, क्रितिका मरासिटी, नितु भण्डारी, एलिसा केसी, बर्षा राना, सुस्मिता भुषाल, जिज्ञाशा थापा

प्रशिक्षक:सञ्जु क्षेत्री

 टिम ब्यवस्थापक :उमा अधिकारी