चैत १९, २०७७ बिहिबार

काठमाण्डौ।  आगामी २१ गतेबाट  कीर्तिपुर क्रिकेट मैदान काठमाण्डौमा सुरु हुने पहिलो संस्करण ललितपुर मेयर कप महिला  टी ट्वान्टी प्रतियोगिताका लागि राष्ट्रिय टिमकी उपकप्तान सिताराना मगरको कप्तानीमा एपिएफ क्लबको महिला टिम घोषणा भएको छ । टिममा १४ जना खेलाडी समावेश रहेका छन्  ।

केही महिना अघि दाङमा भएको प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेकोले एपिएफ क्लब मेयर कपमा सहभागीता जनाउदै छ। 

 मेयर कप क्रिकेटमा एपीएफले पहिलो खेलमा प्रदेश एक सँग खेल्नेछ भने दोस्रो खेल सुदुरपश्चिम, तेस्रो ललितपुर ११ र लिगको अन्तिम खेल लुम्बिनी प्रदेशसँग खेल्नेछ ।

एपीएफको टिम:

सीता रानामगर (कप्तान), सोनु खड्का, रेखा रावल, सुष्मा श्रेष्ठ, खिना कुमारी थापा, सन्जु लामा, बिनु बुढामगर, ज्योती पान्डे, ईन्दु बर्मा, सरिता मगर, करुणा भण्डारी, सुमन बिष्ट, ममता चौधरी, राजमती ऐरी 

प्रशिक्षक : राजेश श्रेष्ठ